काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाईले विजयपश्चात फेरि गोरखामा घरदैलो कार्यक्रम सुरु गरेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको लागि गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिन उनले घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।


ADVERTISEMENT


गोरखामा आजदेखि सुरु भएको घरदैलो एक हप्तासम्म जारी रहने नयाँ शक्ति पार्टी नेपालका एक नेताले जानकारी दिए । भट्टरार्इ ३१ हजार ८०७ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए ।


ADVERTISEMENT

# # #