रामचन्द्र पाण्डे, काठमाडौँ– थाइल्याण्डमा भएको एसीसी यू १६ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधी नेपालले हात पारेको छ ।  आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।


ADVERTISEMENT


थाइल्याण्डको ट्रेड थाइ मैदानमा १८४ रनको लक्ष्य पच्छ्याउन मैदान प्रवेश गरेको सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमै समेटियो । नेपाललाई जित दिलाउन बलरहरुले मुख्य भूमिका खेले । नेपाली बलरसामू सिंगारका ब्याट्सम्यान निरीह देखिए ।


ADVERTISEMENT

# # #


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो।

रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नेपाललाई सम्मानजनक स्कोर बनाउन विशालले नारायण जोशीसँग छैटौँ विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी गरे।

नारायणले नटआउट ४६ रन को योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।  कुशल मल्ल शून्य तथा राजन मगर ३ रनमा आउट भए। सुवास ऐरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे।

सिंगापुरका इशान सानवेले २ विकेट लिए।

यता सिंगापुरका लागि साईहर्ष भेनुगोपालले सार्वाधिक ३५ रन बनाए । अर्नाभ वाधावाले २१ रन बनाउँदा अमन देसाई ४ रनमा आउट भए । यस्तै राहुल शर्मा १५, सान सेनवे १२, प्रमेस सिंगभीले ६ रन जोडे ।

नेपालका लागि नेपालका लागि अजय कुमार लुनिया र सूर्य तामाङले समान ३ विकेट लिएर महत्वपूर्ण बलिङ गरे । यस्तै कुशल मल्ल र नारायण जोशीको नाममा समान १/१ विकेट रह्यो ।

समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको नेपालले हिजो सेमिफाइनलमा सिंगापुरलाई ७२ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताभर नेपालविरुद्ध १ सय रन कटाउने सिंगापुर पहिलो टिम बनेको छ । अरु कसैले नेपालविरुद्ध सय रन कटाउन सकेका थिएनन् ।