रुपन्देही – जनमत पार्टीका अध्यक्ष डा सिके राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता , शक्ति आफ्नै हातमा भए पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अबस्था आउनु दुखद भएको बताए । उनले एकातिर पाँच दल र अर्को तिर पाँच दलको गठबन्धन छ, यो गठबन्धन देश विकासका र जनताको लागी नभई ठगबन्धन भएको तर्क गरे ।

राउतले सामुदायिक समाजवाद ल्याउन देशै भरि जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार ४क का जितेन्द्र नाथ शुक्ला र ख का विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमतलाई एक मौका दिनु बताए ।