काठमाडौँ – प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् ।


ADVERTISEMENT


सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६–४,६–३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् । प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै ३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६–२ र ६–२ ले हराएर फाइनलमा स्थान बनाएका छन् । यसै स्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेका छन् । निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेका हुन् ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।