नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।


ADVERTISEMENT


नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने बाचा गरे । उनले भने, “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए ।


ADVERTISEMENT

# # #


“जिल्लामा ससाना काम भएकै छन् । अबको कार्यकाल विकासका लागि हो”, उनले भने ।