लमजुङ – जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ। शनिबार राति अचानक बेहोस भएका कैदी रोहनराज धितालको मृत्यु भएको हो।


ADVERTISEMENT


दूधपोखरी गाउँपालिका–१ का ३६ वर्षीय कैदी धितालाई बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको लमजुङ कारागारका जेलर ताराबहादुर तामाङले जानकारी दिए।


ADVERTISEMENT

# # #


आपराधिक उपद्रव मुद्दामा ०७८ बैशाख १२ मा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले दुई वर्ष कैद सजायको फैसला गरेको थियो।