काठमाडौँ – अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर-१२ को समूह २ को पहिलो खेलमा भारतले पहिलो खेलमा पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित हात पारेको छ । आइतबार भएको खेलमा विराट कोहलीको शानदार इनिङमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको हो ।


ADVERTISEMENT


मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो । १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ६ विकेट गुमाएर अन्तिम बलमा जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


विराट कोहली चम्किएपछि भारतले पाकिस्तानविरुद्ध जित हात पार्न सफल भएको हो । अन्तिम ओभरमा भारतलाई जितको लागि १६ रन चाहिएको थियो । उक्त ओभरको चौथो बलमा मोहम्मद नवाजले विराटलाई नोबलसहित ६ रन दिएपछि भारतले सहज जित हात पार्यो ।

त्यसक्रममा भारतका लागि विराटनले नटआउट ८२ रनको शानदार इनिङ खेले । एकातिरबाट लगातार विकेट झरिरहँदा विराटले अर्कोतर्फबाट विकेटमात्रै जोगाएनन्, भारका लागि आवश्यक रन समेट बटुले । त्यसक्रममा उनले ५३ बलमा ६ चौका र ४ छक्का ठोले । यस्तै हार्दिक पाण्ड्याले ३७ बलमा २ छक्का र चौकाको मदतमा ४० तथा सूर्यकुमार यादवले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ पाकिस्तानका लागि ह्यारिस रौफ र मोहम्मद नवाजले समान २–२ विकेट लिए । यस्तै नशीम शाहका नाममा १ विकेट रह्यो ।

यसअघि सुरुवाती खराब ब्याटिङ गरेको पाकिस्तानका लागि शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय इनिङ खेलेर पाकिस्तानको इज्जत जोगाए । त्यसक्रममा मसूदले ४२ बलमा ५ चौकासहित नटआउट ५२ तथा अहमदले ३४ बलमा २ चौका र ४ छक्काको मदतमा ५१ रनको योगदान दिए । यस्तै शाहीन शाह अफ्रिदीले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारतका लागि अशर्दीप सिंह र हार्दिक पाण्ड्याले समान ३–३ विकेट लिए । यस्तै मोहम्म्द शमी र भुवनेश्वर कुमारले समान १–१ विकेट हात पारे ।

यसअघि आजै श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको थियो ।