पोखरा – कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ ।


ADVERTISEMENT


सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले महायज्ञबाट पाँच करोड आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताए ।


ADVERTISEMENT

# # #


सराङकोटमा निर्माणाधिन विशाल शिव मन्दिर र उक्त मन्दिरमा विश्वकै विशाल घण्टा स्थापना, १०८ शिवलिङ, १०८ सहस्रधारा, ऐतिहासिक संग्रहालय निर्माणका साथै भ्यूटावर, बाल उद्यान आदि निर्माणका लागि २९ करोडको योजना प्रस्ताव गरिएको बताइएको छ ।

पूर्वाधार निर्माण गर्न पोखरा–लेखनाथ महानगरपालिकामा १३ करोडको योजना पेश भई साझेदारी काम शुरुवातमा छ ।

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्रका स्थलको पर्यटकीय पूर्वाधार विकास गरी सम्भावनालाई उजागर गर्ने विषय महानगरपालिकाको प्राथमिकतामा रहेको बताए ।