काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारको अवधिमा आधाभन्दा बढी समय अस्पतालमा बिताउनेलाई निर्वाचनको टिकट किन चाहियो ? भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT


आज पत्रकार सम्मेलन गर्दै भीम रावलले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको भन्दै उनलाई उम्मेदवारको टिकट आवश्यक नभएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने’ रावलले भने, ‘तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अछाम–१ नम्बर क्षेत्रबाट उम्मेदवार नबनाउनु एमाले नेतृत्वको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत कदम भएको बताए ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा र पार्टीलाई सहि दिशामा लैजान आवाज उठाएकै कारण आफुलाई उम्मेदवार बन्नबाट रोकिएको समेत बताउनुभयो । अब पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने उनले जनाए ।

त्यस्तै रावलले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने धारणा पनि राख्नुभयो । रावलले पार्टीको सिद्धान्त, विधि र अनुशासन बिपरित देशका अधिकांश स्थानमा टिकट बितरण गरिएको आरोप लगाए ।

रावलले अहिले ओलीले चुनावी तालमेल गरेका पार्टीका नेताहरुको भन्दा आफ्नो योगदान कम नभएको भन्दै आफ्नो योगदानको कदर नभएको जिकिर गरे । समानुपातीक उम्मेदवार छनौटलाई पनि नेता बिशेषको गुट स्वार्थ पुरा गर्ने र लेनदेनको माध्यम बनाइएको उनले आरोप लगाए । उनले राजनीतिक दलहरुले सिद्धान्त र नीति छोड्दा इमानन्दार कार्यकर्ता लड्नु विद्रोह नभएको र राजनीतिक लडाईमात्रै भएको बताउनुभयो । उहाले अछामकामा बासिन्दाहरुको भावना अनुसार नै अघि बढ्ने उल्लेख गरे ।

रावलले आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको बताए । पार्टीले आफुलाई टिकट नदिएपछि उनी पार्टीप्रति नै रुष्ट भएको बुझिएको छ ।