काठमाडौँ – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् ।


ADVERTISEMENT


व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । व्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोईनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए । त्यस्तै १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नंवरको बोलेरो र भाडाको बस सहित तीनजनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

व्युरोले बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ ।