काठमाडौँ – बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


संसद् बैठक बिहीबार अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।