काठमाडौं – एक्सन अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘पिजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षको जानकारी गराउदै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


४ माघ प्रदर्शन मिति तोकेको चलचित्रमा निखिलले अभिनेत्री सारा सिर्पालीसँग रोमान्स गरेको छन् । चलचित्रको केही मुख्य अंस समेटिएको ट्रेलरमा निखिल र साराको संघर्ष समेत देखाइएको छ ।


ADVERTISEMENT

# # #


यो चलचित्र ‘पिंजडा’को सिक्वेलको रुपमा निर्माण भएको हो । ‘पिंजडा’बाट अभिनेता निखिलले अभिनयमा डेब्यु गरेको थिए । हिमाल केसीको निर्देशन रहेको चलचित्र ‘पिजडा ब्याक अगेन’ सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्र ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् ।

निखिल बिनाको कार्यक्रममा अभिनेत्री साराले भने ‘पिंजडा व्याक अगेन’बाट आफ्नो अभिनय करिअर उभो लाग्ने बताइन् ।
निर्देशक हिमालले पनि चलचित्र एक्सन र रोमान्सको प्याकेज भएको बताए ।