कुश्मा– पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल बनेको छ । प्रतिनिधिसभाको समानुपातिक मत मध्ये नेकपा (एमाले)ले ३० हजार ९ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त गरेको छ। नेपाली कांग्रेस भन्दा एमालेले ५ हजार ८ सय ९ मतले अघि रहेको छ । यसैगरी माओवादी केन्द्रले प्रतिनिधिसभामा ६ हजार ४ सय ४९ मत प्राप्त गरेको छ ।


ADVERTISEMENT


यस्तै प्रदेशसभा तर्फको मत गणनामा पनि नेकपा एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २ सय ७४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २३ हजार ९ सय ७६ मत पाएको छ। प्रदेश सभामा नेपाली कांग्रेस भन्दा एमालेले चार हजार २ सय ९८ मत बढी छ । प्रदेशसभामा माओवादी केन्द्रले ८ हजार तीन सय ८ मत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


तीन शीर्ष दल बाहेक प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्नेमा विवेकशील साझा पार्टी रहेको छ । चुनाव चिन्ह तराजु रहेको साझा पार्टीले एक हजार पाँच सय ७१ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०ले १ सय ५३ र संघीय समाजवादी फोरम, नेपाल ४० मत प्राप्त गरेका छन् । नेकपा मालेले १ सय ७६, राष्ट्रिय जनमोर्चाले ४ सय ७५ राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ८६, नेपाली जनता दलले १ सय १२, नयाँ शक्ति पार्टी, नेपालले २ सय २७ मत प्राप्त गरेको छ ।

त्यस्तै प्रदेश सभामा पनि तीन शिर्ष दल बाहेक सबैभन्दा बढी मत पाउनेमा विवेकशील साझा पार्टीनै रहेको छ । सो पार्टीले ९ सय ७९ मत प्राप्त गरेको छ । भने राप्रपाले ७ सय २३ मत प्राप्त गरेको छ । अन्य राजनीितक दलको भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । समानुपातिकमा पाँच सय भन्दा बढी मत ल्याउने जम्मा पाँच दल रहेका छन् । समानुपातीक तर्फ ५ हजार ५ सय ९५ मत बदर भएको छ।