काठमाडौं– दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउनुपर्नेमा अध्यक्ष राष्ट्र नेपालले जोड दिएको छ । सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरूको जीवनस्तर उठाउन सङ्गठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ ।


ADVERTISEMENT


सार्क सचिवालयमा मङ्गलवारदेखि प्रारम्भ भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवम् परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले सङ्गठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताए । उनले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमको हुनुपर्ने भन्दै सार्क संयन्त्रका बैठक एवम् अन्य गतिविधि कुनै पनि बाहनामा प्रभावित हुन नहुने बताए । दक्षिण एशियाको समृद्धिका लागि सबै मुलुकबीच सहकार्य र समन्वय आवश्यक भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिलारगृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिए । ‘यसै वर्ष सार्क मन्त्रिपरिषद् र अर्थ मन्त्रीहरूको अनौपचारिक बैठक भयो, केही बैठकमा सदस्य देशबाट सहभागिता सुनिश्चित नहुँदा तिनलाई पछिसार्नु पर्यो’, सार्कका गतिविधिबारे जानकारी दिँदै उनले भने । सार्कको नेतृत्व पङ्क्तिले दिएको निर्देशन कार्यान्वयन गर्न सार्कका संयन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सियालले समयसारिणी र कार्यतालिकाअनुसार सार्कका कार्यक्रम एवम् अन्य गतिविधि सञ्चालन हुनुपर्ने बताए । साथै, महासचिव सियालले सार्क सचिवालयलाई सबल, सुदृढ र प्रभावकारी बनाउन सचिवालयबाट सम्पादित कामको विवरण प्रस्तुत गरे ।

बुधवारसम्म चल्ने बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल हुने सहसचिव भट्टराईले जानकारी दिएका छन् । सहसचिव भट्टराईको नेतृत्वमा जारी बैठकमा सार्कका सबै मुलुकका परराष्ट्ररबाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव, क्षेत्रीय केन्द्र र विशिष्टीकृत निकायका अधिकारी गरी ५० जना सहभागी छन् । रासस