काठमाडौं-निर्वाचन अधिकृतले नै धाँधली गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । बाम गठबन्धनकी प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले प्रत्यासी उम्मेदवार नेपाली काँग्रेसका विजयकुमार गच्छदारले प्रहरी प्रशासनसँगको सेटिङमा आफूलाई हराउने षड्यन्त्र गरेको थाहा पाएपछि मतदान स्थगित गरिएको हो ।


ADVERTISEMENT


६४ हजार २३१ मत गणना हुँदा भइरहँदा चौधरी केही समय मतले अगाडि भएको अवस्थामा मतदानको दिन मतदान अधिकृतले मुचुल्का उठाउने खाली कागजपत्र मतगणना परिसर बाहिर भेटिएको, मतपत्र सिल गर्ने प्लाष्टिकको समाग्री काटेर राखिने गरेकोमा च्यातेर फ्याकिएको अवस्थामा भेटिएकोले मतगणना प्रक्रिया विश्वस्त नभएको एमाले उमेदवार भगवती चौधरीको भनाई छ ।


ADVERTISEMENT

# # #


अव ३० वटा वक्सको करिब २० हजार मत गन्न बाँकी छ । इटहरी १० र ११,गढी १,३,४,५ दुहवी २,३,११,१२ र वर्जु ६ को मत गन्न बाँकी रहेको छ । एकाएक अधकट्टी सहितको मतपत्र देखिएपछि हामीले मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरले कुन कानुनमा छ, सिरियल हेर्ने ? भन्दै हामीलाई हेर्न दिएनन् । निर्वाचन अधिकृतले जे बोल्यो त्यही अन्तिम हुन्छ भनेपछि हामीले मतगणना स्थगित गरेका हौँ ।’ उनले भनिन् ।

यता नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार विजयकुमार गच्छदारले भने, आफूले नहारेको तथा चौधरीले मतान्तर कम हुँदै गएपछि अनेक आरोप लगाएको प्रतिक्रिया दिए । उनले निर्वाचन आयोगले तत्काल मतगणना चालू गर्नुपर्ने माग गरे ।

मतगणना अघि नै सीसीटीभी राख्न आग्रह गर्दा समेत अधिकृतले अस्वीकार गरेको भन्दै उनले धाँधली भएको जिकिर गरिन् । उनले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन समेत दिएकी छिन् । भने, घटनाको छानबिन हुनुपर्ने, पुनः निर्वाचन हुनुपर्ने अडान राखेकी छिन् । नेतृ चौधरीले घटनाका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत जानकारी गराई सकेकी छिन् ।

हिजो बिहान करिब १० बजेबाट स्थगित भएको मतगणना अहिलेसम्म सूचारु हुन सकेको छैन । जिल्ला समवय समिति अघिल्तिर नेकपा एमाले, माओवादी का युथफेर्स, वाईसिएल तथा नेपाल तरुण दलका कार्यकर्ताहरुबाट चर्को नाराबासी भइरहेको छ । वाम गठबन्धनका कार्यकर्ताले निर्वाचन अधिकृतलाई कारबाही गर्न र छानबिन आयोग गठन गर्न माग गरेका छन् । मतगणना स्थलमा ठुलो सङ्ख्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना समेत परिचालन गरिएको छ ।