काठमाडौँ– यु–१६ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपाली क्रिकेट टिमले आयोजक थाईल्याण्ड माथि १३३ रनको बिशाल जित दर्ता गरेको छ।


ADVERTISEMENT


टेर्ड थाई मैदानमा टस जितेको नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८० रनको लक्ष पछ्याउने क्रममा थाईल्याण्ड मात्र ४६ रनमै अलआउट हुनपुगेपछि नेपालले प्रतियोगिताको शानदार सुरुवात गरेको हो।


ADVERTISEMENT

# # #


घरेलु टोलिलाई सस्तोमा सिमित गर्न नेपाली ओपनिंग बलर नारायण जोशी एक्लैले ५ विकेट हात पारेका थिए। ७ ओभर बलिंग गरेका उनले मात्र १७ रन खर्चिए। यस्तै सुर्य तामांगले २ तथा निखिल सिंह र बिशाल बिक्रम केसीले पनि १र१ विकेट आफ्नो नाममा गरे।

थाईल्याण्डले पहिलो ४ विकेट ४ रनको योगफलमै गुमाएको थियो भने २२ रन बनाउदा ९ विकेट गुमाईसकेको थियो। अन्तिम विकेटको लागि योडसक र चाटवोंगले २३ रनको साझेदारी गरेपछि उसले १९.३ ओभर ब्याटिंग गरेको थियो। योडसक ७ रनमा अविजित रहे भने चाटवोंगले ११ रन बनाए।

यस अघि नेपालले ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको थियो ।
नेपालको लागि तृतराज दासले सर्बाधिक ३९ रनको योगदान दिए जुन क्रममा उनले ५६ बलमा ४ चौका प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २४, सुनिल भण्डारीले २३, राजन मगरले १७ तथा कप्तान रित गौतमले १६ रन योगदान दिए।

थाई बलर कोकिएट चाटवोंगले सर्बाधिक ३ विकेट हात पारे भने कोंगकिएकोन र चिरपहंगले २र२ विकेट आफ्नो नाम गरे।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका नारायण जोशी चुनिए ।