पर्वत– केन्द्र विवादका कारण पर्वतको जलजला गाउँपालिकामा स्थानीय तह कार्यान्वयनमा आउन सकेको छैन ।


ADVERTISEMENT


सरकारले गत फागुन २७ गते राजपत्रमा प्रकाशित गरेर देशभर सातसय ४४ वटा स्थानीय तहको घोषणा गरेको दश दिन बितेपनि जलजलामा केन्द्र विवादका कारण कार्यालय स्थापना र नयाँ संरचनाअनुसारको सेवा प्रवाह हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


राजपत्रमा जलजलाको केन्द्र साबिक माझफाँट गाविसको कार्यालय कायम भए पनि धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजाका बासिन्दाले अपायक पर्ने भन्दै मिलनचोक क्षेत्रमा कार्यालय स्थापना गर्न दबाब दिँदै आएका छन् ।

बाँसखर्क र माझफाँटका बासिन्दाले भने राजपत्रमा उल्लेख भएअनुसार केन्द्र कायम गरी कार्यान्वयन गर्नुपर्ने माग राख्दै दबाबमूलक आन्दोलन सुरु गरेका छन् । माझफाँटका बासिन्दाले स्थानीय तह कार्यान्वयमा ढिलाइ र केन्द्र परिवर्तनको प्रयास भएको भन्दै पर्वत बेनीमा प्रदर्शनका साथै दुई घन्टा बेनी–मालढुङ्गा सडकमा चक्का जाम गर्दै आएका छन् ।

कर्मचारीले कार्यालय स्थापना गर्न र नयाँ संरचनाअनुसारको स्थानीय तह कार्यान्वयमा बेवास्ता गरेकाले दबाब दिन आन्दोलन गरेको स्थानीय युवा नवीन जिसीले बताए । पर्वतका राजनीतिक दलका जिल्लास्तरका नेताबीच जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा पर्ने मोहनचोक, पर्वत बेनी क्षेत्रमा स्थापना गर्ने सहमति भएको थियो ।

धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजा बासिन्दाले दलको सहमतिको स्वागत गरेपनि मल्लाज र बाँसखर्कका बासिन्दाले विरोध जनाएका छन् । जलजला गाउँपालिकामा साबिकको लेकफाँट गाविससमेत समेटिएको छ ।