काठमाडौं– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले राष्ट्र र जनताको हितका काम गरेकाले देशव्यापी रुपमा बामपन्थी गठबन्धन विजयी भईरहेको प्रारम्भिक टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उनले संचारकर्मीमाझ राष्ट्र र जनताको पक्षमा लिएको अडान, विचार र कामको प्रतिफल स्वरुप बामपन्थी गठबन्धन देशभर विजयी भईरहेको प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT

# # #


महासचिव पोखरेलले जनताले बामपन्थी गठबन्धनलाई निर्वाचनमार्फत ढिक ढंगले मूल्यांकन गरेको पनि बताए ।

उनले निर्वाचनका क्रममा गरिएको प्रतिवद्धता अनुसार आफू आफ्नो निर्वाचन क्षेत्रको जनताको सेवामा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

महासचिव पोखरेल २३ हजार २९ मत प्राप्त गरी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेस नेता डा. प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत ल्ल्याए । यस अघि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा महासचिव पोखरेल काँग्रेस नेता नरहरी आचार्यसँग पराजित भएका छन् । उनी २०५६ सालमा भने सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।