काठमाण्डौं-वाम गठवन्धनले धनकुटाको प्रतिनिधि तथा प्रदेशसभामा जित हासिल गरेको छ । १ प्रतिनिधिसभा र प्रदेशसभा तर्फका दुई सिटमा विजय हासिल गरेको हो ।


ADVERTISEMENT


धनकुटामा प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्र राइ विजयी भए । उनले राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई १० हजार ४ सय ५९ मत अन्तर ले पराजित गरे । बिजयी राईले कुन ३७३३३ मत प्राप्त गरे भने थापाले २६८७४ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै धनकुटा प्रदेश सभा(‘क) तर्फ वामगठवन्धनका निरन राई विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरे ।

धनकुटा प्रदेश सभा (ख) तर्फ वामगठवन्धनका इन्द्रमणि पराजुली विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका अर्जुन थापालाई १२ हजार ४ सय २१ मतान्तरले पराजित गर्दै पराजुली विजयी भएका हुन् ।

विजयी पराजुलीले २० हजार ६ सय ५२ मत र थापाले ८ हजार २ सय ३१ मत प्राप्त गरेका थिए ।