काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । चलचित्र हुन्, सौगात मल्ल र दयाहाङ राई अभिनित ‘लप्पन छप्पन’ र एक्सन स्टार निखिल उप्रती अभिनित ‘निर्भय’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएकाछन्। चलचित्र उत्कृष्ट भएको दुबै चलचित्रको निर्माण पक्षको दाबी गरिरहेका छन् ।


ADVERTISEMENT


ट्रेलर हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस् । 


ADVERTISEMENT

# # #


गोल्डेन हिल पिक्चर्सले बनाएको चलचित्र ‘लप्पन छप्पन’ स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायाँकन गरिएको छ । चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यसैगरी मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्मँता डम्बर बहादुर चन्द, सह निर्माता इन्द्रप्रसाद खरेल कार्यकारी ,निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता सानुका कँडेल रहेका छन् ।

निखिल उप्रेती, निता ढुंगाना, सुशिल पोखरेल, बिकास चापागाइ, पज्वोल गिरी, राम चन्द्र अधिकारि लगायत अभिनित चलचित्र हो निर्भय । समसमायिक राजनीतिक र समाजिक बिषयबस्तु माथि निर्मित चलचित्रलाई देवी प्रशाद पान्डेले निर्माण गरेका हुन्।

ट्रेलर हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

यसमा निखिलको एक्सन भरपुर रहेको निमार्ण पक्षको भनाई छ । चलचित्रमा चल्तीका कलाकारको अभिनय भएकाले पनि यी दुबैलाई राम्रो व्यापार गर्ने अनुमान छ । हेरौँ अब कसले बाजी मार्ने हो त्यो आउँदा दिनमा थाहा हुने छ ।