काठमाण्डौं-चितवन जिल्लामा नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) १४५८९ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे १०२४० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धनको उम्मेदववार अगाडि रहेका छन् । नेकपा उमालेका सुरेन्द्र प्रसाद पाण्डेले १६१६१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीले ११८४४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यता क्षेत्र नम्बर २ मा पनि बाम गठबन्धनको बर्चस्व देखिएको छ । बाम गठबन्धनका कृष्ण भक्त पोख्रेलले नेपाली काँग्रेसका शेषनाथ अधिकारीलाई भारी मतका साथ पछाडि पारेका छन् । पोखरेलको १९७५४ मत रहेको छ भने अधिकारीको १२७१७ मत प्राप्त गरेका छन् ।