काठमाण्डौं-एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं– ५ बाट निर्वाचित भएका छन् । कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतले हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


पोखरेलले २३ हजार २९ मत पाएका छन् महतले १३ हजार १ सय ६९ मत पाए । विवेकशील साझा पार्टीका उज्वल थापाले ६ हजार ८ सय १३ मत पाए । पोखरेल २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए ।


ADVERTISEMENT

# # #