काठमाण्डौं-नुवाकोट प्रतिनिधिसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घोषणा केहीबेरमा हुँदैछ ।


ADVERTISEMENT


आइतबार बिहान सार्वजनिक परिणाम अनुसार पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ८ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए भने महतले २७ हजार ९ सय २० पाएका छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्त भने बाजी मारेका हुन् ।


ADVERTISEMENT

# # #


सामान्य किसान परिवारमा २०२० सालमा साविकको नुवाकोट पञ्चकन्या गाविसका वडा नं १ (हाल पञ्चकन्या गाउँपालिका-३) घलेगाउँमा जन्मेका हुन् । उनी २०६८ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । नेकपा एकता केन्द्रबाट राजनीति सुरु गरेका तामाङ २०५२ सालपछि नेकपा एकता केन्द्र मसालमा रहे । मसालमा रहँदा जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य थिए ।

२०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका हितबहादुर तामाङ २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । पार्टीभित्र सरल र इमान्दार छविका रुपमा परिचत तामाङ हाल नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य छन् ।