काठमाडौं – नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


शनिबार ललितपुरमा बसेको नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोसिस गरे पनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


जनजाती आन्दोलनहरुसँग मिलेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढे पनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए । उनले सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष गरेर रुपान्तरणको अभियान अघि बढाउने धारणा राखे ।

डा भट्टराईले निर्वाचन घोषणा भइसकेको अवस्थामा एक्लै वा विचार मिल्ने शक्तिहरुसँग सहकार्य गर्ने भन्ने निर्णय बैठकले गर्ने जानकारी दिए । निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

डा भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउँदै जनताले चाहेको रुपान्तरणसहितको परिवर्तनलाई स्थापित गरेरै छाड्ने दाबी गरे ।