काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर दुई महिनामा ३.५ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । गत जेठ १९ गतेदेखि प्राधिकरणले निरन्तर सक्रियताका कारण वर्षायाममा खेर जाने बिजुलीको निर्यात सुरु गरेको थियो ।


ADVERTISEMENT


भारतको इनर्जी एक्सचेञ्ज मार्केट (आइएक्स) मा ३९ मेगावाट बिजुलीबाट निर्यात सुरु प्राधिकरणले दुई महिनामा नै राम्रो आन्दानी गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


प्राधिकरणले जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बढी बराबरको बिजुली निर्यात भइरहेको छ । बिजुलीको निर्यातबाट दैनिक प्राधिकरणले रु १२ करोड बढी आम्दानी गरिरहेको छ ।

भारतसँग बढ्दो व्यापार घाटालाई बिजुली निर्यातबाट कम गर्न सकिने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म गरेको भारत भ्रमणको क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्नेलगायत निर्यातका सन्दर्भमा सहमति भएको थियो ।

सोही अनुसार प्राधिकरणले वर्खामा खेर जाने बिजुली भारत निर्यात गरेर आम्दानी गरिरहेको छ ।