काठमाडौं – नेपालमा TVS two-wheelers को एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी -०७ नमो बुद्धस्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई TVS मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र TVS प्रतिनिधिहरु बीच भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरिएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



भकुन्डेबेसीको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने,’TVS मा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको हो। TVS ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ ।’

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७ं डिलर र २००ं सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।