काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएर खेल जीवनबाट सन्यास दिएका पूर्वक्रिकेटरहरु सहभागी हुने लिजेन्डस् लिग क्रिकेटको दोस्रो संस्करण सेप्टेम्बर र अक्टोबरकोबीचमा भारतमा हुँदैछ ।


ADVERTISEMENT


पारसले गि खेल्ने भए पनि कुन टिमबाट खेल्ने भन्ने तय भइसकेको छैन । उद्दपी उनी एशिया लायन्सबाट खेल्ने सम्भावना रहेको छ । यसअघि लिगमा लिजेन्डस् लिग क्रिकेट, एशिया लायन्स र वर्ल्ड जायन्टस् गरी तीन टोलीले सहभागीता जनाएका थिए ।


ADVERTISEMENT

# # #


यस पटकको लेजेन्डस् लिग क्रिकेटमा पारससहित जिम्बाब्बेका क्रिस्टोफर एम्पोफ्यू र एल्टन चिगुम्बुरा, न्यूजिल्याण्डका इयान बट्लर र मिचेल म्याक्लेनाघन, भारतको पश्चिम बंगाल लोकसभाका सदस्य समेत रहेका लक्ष्मी रतन शुक्ला खेल्दैछन् ।

यस्तै श्रीलंकाका थिसारा पेरेरा, फरवेज महारुफ, चामिण्डा वास र धम्मिका प्रसाद, अष्ट्रेलियाका सेन वाट्सन, दक्षिण अफ्रिकाका डेल स्टिन र ज्याक कालिस समेत सहभागी हुँदैछन् ।

यस्तै  इंग्ल्याण्डका पूर्वकप्तान इओइन मोर्गान, लियाम पलंकित, अफगानिस्तानका अस्घर अफघान, भारतबाट विरेन्द्र सेहवाग, युसुफ पठान, हरभजन सिंह, पार्थिव पाटेल, प्रज्ञान ओझा लगायत सहभागी हुँदैछन् ।