काठमाडौँ – नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैँकको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


मूल्यमा परेको चाप र बढ्दो चालू खाता एवम् शोधनान्तर घाटाका बारण बाह्य क्षेत्रमा परेको दबाबलाई केन्द्रमा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए । उनका अनुसार मौद्रिक नीति तयार पार्दा नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेटका लक्ष्य र प्राथमिकता, मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति र सम्भावित परिदृश्यका अतिरिक्त सरोकारवालाको राय सुझावलाई ध्यान दिइएको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक मौद्रिक नीतिमा निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । यस्तै राष्ट्र बैँकले कोभिडकालका सहज व्यवस्थालाई कटौती गर्ने समेत घोषणा गरेको छ । यस्तै राष्ट्र बैँकले मार्जिन लेन्डिङको ४–१२ को सीमा खारेज गरेको छ ।

यसअघि शेयर लगानीकर्ताले एउटा संस्थाबाट अधिकत ४ करोड र सबैगरी १२ करोडसम्म शेयर कर्जा पाउँथे । अब जुनसुकै बैँकबाट पनि अधिकतम १२ करोडरुपैयाँ शेयर कर्जा पाउने छन् ।