काठमाडौँ– गुराँस लाईफइन्स्योरेन्स कम्पनीले मृतक बिमितको रकम आफन्तलाई हस्तान्तरण गरेको छ । शुक्रवार कम्पनीको क्षेत्रीय कार्यालय पोखराले क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवम्  वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाद्वारा मृतक  यम प्रसाद गुरुङको रकम उनकी श्रीमती मोतिमाया गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


मृतक बिमितको २० लाख बिमाङ्क रहेकोमा उनका श्रीमतीलाई बीमा रकमसहित कुल २१ लाख २ हजार रुपैयाँको चेक प्रदान गरिएको कम्पनीको भनाई छ । समारोहमा बोल्दै क्षेत्रिय प्रमुख पौडेलले एक बत्तीले लाख बत्ती बालेजस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै, क्षेत्रीय मार्केटिङ अधिकृत तिमिल्सेनाले भने जीबन बीमा आफ्नो मृत्युपश्चात् पनि व्यक्तिले परिवारलाई राहत दिनका निम्ति गरिने योगदान रहेको धारणा व्यक्त गरे । कार्यक्रम कम्पनीका कर्मचारी तथा सम्बन्धित व्यक्तिहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।