बेनी – म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्।


ADVERTISEMENT


थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।