काठमाडौं – हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्ड सिलालम’मा दिगविजय अधिकारीले बाजी मारेका छन्।


ADVERTISEMENT


विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे। वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफ आई ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरे।


ADVERTISEMENT

# # #


पुरस्कार वितरणसँगै राखेप सदस्यसचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोर्ट्स सन्तोषजनक लयमा रहेको बताउँदै आगामी दिनमा राखेपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए।

फाइनल राउण्डमा दिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रश शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ। प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेसन दिएका थिए।