काठमाडौँ – पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका पूर्व गृहमन्त्री जनार्दन शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका छन्। यहाँका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा काठमाडौं क्षेत्र नं। १ मा भाई अनिल शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए।


ADVERTISEMENT


शर्माको जित सुनिश्चित भएकाले विजय र्‍याली मनाउन हवाई चार्टर गरेर जिल्ला आएको बताइएको छ। शर्मा आफ्नो प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालजी जंग शाहलभन्दा १० हजार चार सय ८६ मतले अगाडि छन्।


ADVERTISEMENT

# # #


शर्माले १७ हजार सात सय ३७ मत प्राप्त गर्दा शाहले सात हजार दुई सय ५१ मत पाएका छन्। झन्डै तेब्बर मत अन्तरले पछाडि परेका शाहले शर्मालाई भेटाउनु निकै मुस्किल पर्ने देखिन्छ।