काठमाडौँ– एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
प्रतिनिधिसभा तर्फ एमालेका भैरव बहादुर सिंहले अग्रता कायम गरेका छन् । उनले कांग्रेसका  पृथ्वी बहादुर सिंहलाई ५ हजार १८८ मतले पछाडी पारेका छन् ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका भैरव सिंहले २७ हजार ४०६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पृथ्वी बहादुर सिंहले २२ हजार २१८ मत ल्याएका छन् ।