झापा – नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मको यात्रुवाहक बससेवा  शुरु भएको छ ।


ADVERTISEMENT


नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिलिगुडी–काठमाडौँ अन्तरराष्ट्रिय बससेवा शुरु भएको हो।


ADVERTISEMENT

# # #


पश्चिम बंगालका यातायात मन्त्री फिरहाद हकिमले बुधवार एक कार्यक्रमबीच उक्त बससेवाको उद्घाटन गरेका हुन्। उदघाटन कार्यक्रममा बोल्दै यातायात मन्त्री हकिम भने, ‘नेपाल–भारत दुई देशबीचको अन्तर्राष्ट्रिय बससेवा धेरै पहिला नै शुरु गर्नुपर्थ्यो ।  ढिलै भए पनि यो बससेवाबाट दुवै देशका नागरिकलाई फाइदा पुग्नेछ।’ यसले गर्दा दुई देशबीचको मैत्री सम्बन्ध अझ प्रगाढ भएर जाने उनले विश्वास व्यक्त गरे।

एनबीएसटीसीका चियरमेन पार्थ प्रतिम रायले ग्रिन लाइन निजी कम्पनीको सहयोगमा अन्तर्राष्ट्रिय बससेवा शुरु भएको बताए। उनका अनुसार सिलिगुडीबाट प्रत्येक सोमबार, बुधवार, शुक्रबार र काठमाडौँबाट प्रत्येक मंगलवार, बिहीबार र शनिवार दुईवटा बससेवा सञ्चालन हुनेछ ।
काँकडभिट्टा–पानीट्यांकी नाकादेखि ३० किलोमिटर दूरीमा सिलिगुडी बसपार्क रहेको छ। त्यहाँबाट शुरु हुने बससेवा काँकडभिट्टा–पानीट्यांकीबाट नेपाल प्रवेश गरी झापाको सडक हुँदै काठमाडौँ पुग्नेछ। सिलिगुडी र काठमाडौँ दुवै स्थानबाट दिउँसो ३ बजे बस छुट्नेछ। ४४ सिट क्षमता भएको बसको भाडा भारु १,५०० अर्थात् नेपाली २,४०० रुपैयाँ तोकिएको छ।

सिलिगुडी बस टर्मिनलस्थित काउन्टर वा सम्बन्धित कम्पनीको अनलाइन सेवाबाट टिकट खरिद गर्न सकिनेछ । पश्चिम बंगालका अधिकांश मानिस काठमाडौँमा कामको सिलसिलामा रहेका छन्। साथै व्यावसायिक कारोबार र स्वास्थ्य उपचार सेवा लिने नागरिकलाई पनि यस बससेवाले सहयोग पुर्याउने एनबीएसटीसीका चियरमेन रायले बताए।