उदयपुर – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत  उदयपुरको श्री खाट मन्दिर आघारभूत विद्यालयमा अध्यनरत ३५० जना भन्दा बढी बाल बालिकाहरुलाई स्कुल व्याग वितरण गरी भवन निर्माणका लागी  ३ तीन लाख आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा पुगी हस्तान्तरण गरिएको छ । मन्त्री खड्काको पहलमा कम्पनीले सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफुले सक्ने सहयोग गर्ने बताए । साथै  आफ्नो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत  मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशील भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गगत स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले  थप हौसला मिलेको बताउँदै परराष्ट्र मन्त्री म तथा कम्पनीलाई धन्यवाद दिए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, विकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थी लगायत विभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।