काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् । शनिबार स्व। नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व। नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकाले उनको नाममा जिपी कोइराला विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताएका छन् । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले जिपी कोइराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे । मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयका रूपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहुविश्व विद्यालयको नीतिअन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए ।


ADVERTISEMENT

#
#


मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जिपी कोइराला विश्वविद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया

प्रतिकृया