काठमाडौँ – नेकपा एमालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले सवैसंग समन्वय गरेर मुलुकको आर्थिक संकट समाधानका उपाय तत्काल अवलम्वन गर्न सरकारसंग माग गरेको छ ।


ADVERTISEMENT


विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक संकट निवारण गर्न राज्यका निकायहरुले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सवैसंग समन्वय गरेर तत्कालसंकट समाधानका उपाय तत्काल अवलम्वन गर्न माग गरेको हो । त्यस्तै बिभागले राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण गर्ने कुनै ठोस कार्यक्रम नल्याएको आरोप लगाएको छ ।


ADVERTISEMENT

# # #


बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै प्रभावकारी कार्यक्रम आउन नसकेको भन्दै बजेटप्रति पूर्णरुपमा असन्तुष्टि रहेको विभागका प्रमुख मोतिलाल दुगडले बताउनुभयो । उहाले सरकार नै देशको उद्योग बन्द गराउने पक्षमा देखिएको भन्दै उद्योग मैत्री बजेट आउन नसकेको बताए ।

त्यस्तै बिभागले तत्काल मूल्यवृद्धि नियन्त्रण गर्ने, उद्योगी व्यवसायीहरुलाइ राहत हुने र उपभोक्तालाई सहुलियत हुने कार्यक्रम ल्याउन पनि सरकारसंग माग गरेको छ ।