काठमाडौं– प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नपाएका मतदाताले पनि भोट हाल्न पाउने भएका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगले त्यस्ता मतदातालाई २०७० सालको मतदाता परिचयपत्र, राहदानी या सवारी चालक अनुमती पत्रसमेतको आधारमा मतदान गर्न दिइने व्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै मतदाता नामावलीमा तथा मतदाता परिचय पत्रमा सामान्य त्रुटी फेला परेमा सानोतिनो भूलचुक मानि नागरिकतलाई मूल आधार लिई भोट हाल्ने व्ययवस्था मिलाउन पनि निर्वाचन आयोगले अनुरोध गरेको छ ।