काठमाडौं– वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। यससँगै उडान नियमित हुने भएको छ।


ADVERTISEMENT


नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो। गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन् ।

त्यसलगत्तै राति नै बुद्ध एअरले आफ्नो उडान बुधबार बिहान ११ बजेदेखि नियमित हुने सामाजिक सञ्जालमार्फत् जानकारी दिएको थियो। अन्य एअरलाइन्सले पनि बुधबार ११ बजेदेखि उडान हुने जनाएका छन्।

प्राधिकरणले मागको सम्बोधन गर्दै जाने बताएपछि एअरलाइन्स कम्पनीहरु उडान गर्न तयार भएका बताइएको छ।

प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए।

असार ५ गते प्रेस विज्ञप्तिमार्फत प्राधिकरणले हवाइ जहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएको आधार विमानस्थलमा रात बसेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने जानकारी गराएको थियो।