काठमाडौँ – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ ।


ADVERTISEMENT


छैटौँ संस्करणका लागि भाग लिन चाहनेहरुका लागि असार १ गते (१५ जुन २०२२) बाट फिल्म आवेदन खुल्ला गरिएको प्रतिष्ठानका अध्यक्ष के.पी. पाठकले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


‘कथाहरुको उत्सव’ भन्ने नारा सहित विगत ६ वर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिइने सकिने छ ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाने अध्यक्ष पाठकले जनाए । उनका अनुसार अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन सकिनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म https://filmfreeway.com/niff2023 मार्फत पुस १०, २०७९ (डिसेम्बर २५ २०२२)सम्मलाई आवेदन दिन पाइने जनाइएको छ । छैटौँ निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म (२०२३ मार्च १६ देखि २०सम्म ) काठमाडौँमा हुनेछ ।

आवेदन दिनका लागि फिचर फिल्मको लम्बाई ६० देखि १२० मिनट, सर्ट फिल्म ३० मिनटभन्दा कम र डकुमेन्ट्री ६० मिनट भन्दा कम समयको हुनुपर्ने आयोजकले जनाएको छ । यस्तै फेष्टिभलले निर्धारण गरेको मापदण्ड अनुसार फिल्म पेश गर्नुपर्ने र मापदण्ड उल्लङ्घन गर्ने चलचित्रहरू अस्वीकार गरिने बताइएको छ ।

सबै आवेदन डिसेम्बर २५, २०२२ को विस्तारित (अन्तिम) समयसीमा अघि गरिनुपर्ने र अन्तिम समयसीमा भन्दापछि पेश गरिएका फिल्महरू अस्वीकार गरिने आयोजकको भनाई छ ।