काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को अमेरिका सिरिजको तेस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


अमेरिकाको पियरल्याण्ड टेक्सासस्थित मुसा क्रिकेट मैदानमा क्रिकेट मैदानमा ओमानले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


७ राष्ट्रसम्मिलित विश्वकप लिग २ मा ओमानको यो अन्तिम खेल हो भने नेपालको १५औँ खेल हो । लिग २ मा प्रत्येक टोलीले ३६ वटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । जस अनुसार ओमानले ३५ खेल खेलेर २१ जित र १२ हार तथा १ बराबरी र १ अनिर्णित खेल खेल्दै ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यता नेपाल भने १४ खेल खेल्दा ६ जित र ७ हार तथा १ खेल बराबरी खेल्दै १३ अंकका साथ छैटौँ स्थानमा रहेको छ । ओमान सिरिजमा नेपालले पहिलो खेलमा ओमानसँग १३ रनले हारेको थियो भने दोस्रो खेलमा घरेलू टोली अमेरिकासँग बराबरी खेल्दै १–१ अंक बाँडेको थियो ।

नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । बायाँ हाते स्पिनर सुसन भारीलाई बाहिर राखेर सागर ढकाललाई अन्तिम ११ मा राखिएको छ ।

नेपालको अन्तिम ११ः
कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल।