काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजरी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । सर्वसाधारणलाई ठग्दै आएका तेलीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्णा खाँणलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


तेलीविरुद्ध चर्को ब्याज असुलेर विपन्न नागरिकलाई मर्नु न बाँच्नु पारेको, ब्याज मिनाहा गरिदिने नाममा यौन शोषण गरेको आरोप लाग्दै आएको छ । यस्तै संघीय संसदमा समेत सांसदहरुले समेत तेलीलाई पक्राउ गर्दै आवश्यक कारबाही गर्न माग गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


तेली भने फरार रहेका छन् ।