काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद इस्तियाक राइले मन्त्री परिवर्तन विषयमा पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले मन्त्री परिवर्तन गर्न गुटगत भेला गरिएको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको दाबी गरेका हुन् । उनले आफुलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस विषयमा आफुलाई अनावश्यक रुपमा नमुछ्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


राईले सरकार गठन हुँदा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र केन्द्रीय कार्यकारीणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई मन्त्रीपरिषद्मा पठाउने मौखिक रुपमा बताएको जानकारी दिए । अहिले पार्टीभित्र देखिएको विवाद अध्यक्ष यादवको एकलौटी निर्णयकोविरुद्ध भएको उनले बताए । राईले अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रुपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको निर्वाचनमा त्यसको असर देखिएको धारणा राखे ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्न पनि अध्यक्ष यादव तयार नभएको उनले बताए । उनले पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गरे ।