चितवन – चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्ने दावी गरेका छन् ।


ADVERTISEMENT


लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका भएका उनले निर्वाचनमा आफ्नो प्रतिस्पर्धी उम्मेदवार नै नभएको पनि बताए । सोमबार चितवनको माडीमा घरदैलो कार्यक्रममा रहेका पाण्डेले संचारकर्मीमाझ आफू विगत २० वर्षदेखि जनताको साथमा रहेकाले आम जनताको विश्वास रहेकोतर्क पनि गरे ।


ADVERTISEMENT

# # #


उनले चितवनमा आफूले गरेको विकास निर्माणको कामलाई जीतको मुख्य आधारमा रुपमा पेश समेत गरे । वन तथा भूसंरक्षण मन्त्री समेत रहेका भएका पाण्डेले ५ वर्ष भित्र माडीका सबै सडक पिच गरिसक्ने आश्वासन पनि दिए । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल र मन्त्री पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।