काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालय बराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकहरुले जनाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पुऱ्याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् ।


ADVERTISEMENT

# # #


हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ । समाचार राजधानी दैनिकबाट ।