काठमाडौं – आज बुधवार काठमाडौं उपत्यका लगायतका ठाउँहरूमा वर्षाको सम्भावना रहेको छ ।


ADVERTISEMENT


नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेकाले वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


आज रातिसम्म प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने विभागको अनुमान छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।