काठमाडौँ – सकारले आइतबारको साप्ताहिक सार्वजनिक विदा खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन विदा निर्णय फिर्ता गरेको हो ।


ADVERTISEMENT


असार १ गतेदेखि लागू हुनेगरी आइतबारको विदा कटाएको एक मन्त्रीले जानकारी दिए । अब शनिबार मात्रै सार्जजनिक विदा हुने भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि इन्धनको मूल्य बढेसँगै आर्थिक भार कम गर्न र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय भएको थियो । तर, सार्वजनिक सेवा प्रवाहमा असर परेको र चौतर्फी व्यापक विरोध भएपछि सरकार आइतबार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेको हो ।