काठमाडौँ– नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेटमार्फत स्मार्ट क्यूआर उपलब्ध देशभरका मर्चेन्टहरुमा ‘स्क्यान र भुक्तानी’ सेवा सुचारु गरेको छ ।


ADVERTISEMENT


कम्पनीले बिहिवार नमस्ते पे प्रयोगकर्ताहरूले अब स्मार्ट च्वासेस टेक्नोलोजीज (एससीटी)द्वारा जारी गरिएका स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेहरुमा सो क्यूआर प्रयोगद्वारा सिधै डिजिटल भुक्तानी गर्न सकिने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै उक्त स्मार्ट क्युआरमार्फत प्रायेगकर्ताहरुले गोल्डस्टार जुत्ताका शोरुमहरुमा ३० प्रतिशतसम्म छुट समेत पाउन सक्ने कम्पनीले जनाएको छ । भविष्यमा अन्य सुविधा तथा अफरहरु समेत ल्याइने कम्पनीको भनाई छ ।

एनडीसीपी नेपालको सबैभन्दा ठुलो दूरसञ्चार प्रदायक नेपाल टेलिकम र  सार्वजनिक क्षेत्रको सर्वाधिक ठुलो राष्ट्रिय वाणिज्य बैंक संयुक्त रुपमा सञ्चालित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्र्तगत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तिय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल मार्फत अन्य क्षेत्रमा समेत आधुनिक एवम् सरल डिजिटल भुक्तानी सेवा प्रदान प्रदान गर्ने सेवाहरु दिदैँ आएको छ । यससम्बन्धिका अन्य जानकारीका लागि व्यक्तिले नमस्ते पेको वेबसाइटमा समेत गएर हेर्न सकिने कम्पनीले जनाएको छ ।