काठमाडौँ– काठमाडौं महानगरमा मेयरको रुपमा निर्वाचित भइसकेपछि पनि बालेन (बालेन्द्र) साहले ‘नेपहपको श्रीपेच’ लाई निरन्तरता दिने भएका छन् । यसअघि कार्यक्रममा निर्णायकका रुपमा रहदैँ आएका साहले नगर प्रमुखमा निर्वाचित भइसकेपछि पनि सो कार्यक्रमलाई निरन्तरता दिने भएका हुन् ।


ADVERTISEMENT


शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताएका छन् । सोहि अनुरुपमा बालेन पनि आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालकै पहिलो र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शो हो। उक्त कार्यक्रमको सो असार १४ गते हुने भनिएको छ ।