काठमाडौं – मानव बेचबिखन तथा जवरजस्ती करणी अभियोगमा पर्सा प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट आरोपी तीनै जनालाई शनिबार र आइतबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका ४ का २५ वर्षीय सुरजकुमार साह, जुम्ला हेमा गाउँपालिका ३ का ३५ वर्षका हरिचन्द्र नाथ योगी र संखुवासभा खाँदबारी नगरपालिका १० घर भइ हाल वीरगञ्ज १६ बस्ने ४२ वर्षकी लक्ष्मी बुढाथोकी कार्की रहेका छन्।


ADVERTISEMENT

# # #


वीरगञ्ज ८ स्थित एक रेष्टुरेन्टमा काम गर्ने साहले काठमाडौं बस्ने युवतीलाई विवाहको प्रलोभनमा पारी ५ गते वीरगञ्ज बोलाएका प्रहरीले जनाएको छ। सोही क्रममा वीरगञ्ज बसपार्कस्थित एक होटलमा पटक पटक करणी गरेको पीडित युवतीले बताएकी छन्।

त्यसपश्चात् जेठ ९ गते ती युवतीलाई कार्की होटलकी सञ्चालक लक्ष्मीको जिम्मा लगाई साह फरार भएका थिए। होटल सञ्चालकसँग रहेकी युवतीलाई विवाह गर्छ भनेर झुक्याइ लक्ष्मीले फूलबारी टोलमा बस्ने योगीको साथमा पठाएकी थिइन्।

योगीले पनि कोठामा लगी मानसिक र शारीरिक यातना दिइ पटक पटक बलात्कार गरी बाहिर निस्कनसमेत नदिई राखेको सूचना पाएको प्रहरीले जनाएको छ। यही जेठ १४ गते शनिबार राति पीडित भागेर आफन्तको सम्पर्कमा आएको घटना विवरण जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आरोपितहरूको खोजी थालेको थियो।